Aamsanchar

पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेर शिक्षकको मृत्यु

Author Image
शुक्रवार, पौष २५, २०८२

विराटनगर-  मोरङमा दुर्घटनामा परेर शिक्षकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा बिहीबार साँझ दुर्घटना भएको हो।

 

दुर्घटनामा परेर बेलबारी नगरपालिका–४ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–८ बस्ने ५० वर्षीय कमल कोइरालाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनका गम्भीर घाइते भएका कोइरालालाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक कोइराला बेलबारीको कसेनी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी सवार को ३१ प ५३९० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–०११ ख १६०२ नम्बरको बसले बिहीबार साँझ ६स्४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो।

 

दुर्घटनालगत्तै प्रहरीले बस र चालक झापाको मेचीनगर नगरपालिका–१० का ४८ वर्षीय सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। बसको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर