Aamsanchar

बाह्य चलखेलको जोखिम बढेको ओलीको दावी

Author Image
शनिवार, पौष २६, २०८२

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता कमजोर हुँदा बाह्य चलखेलको जोखिम बढेको दावी गरेका छन्।

शनिवार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।

यसैले आवश्यकतानुसार विभिन्न मुद्दामा लोकतान्त्रिक शक्तिका साथ सहकार्य गर्न तयार रहेको बताएका छन्।

उनले नेकपा एमाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्ने पार्टी भएको बताए। उनले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभइसकेको भन्दै लोकतन्त्र अझै संकटमा रहेको बताए। संविधान मिचिएको, जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको बताए।

माज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त रहेको बताए। राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको बताए।

अध्यक्ष ओलीले भने, ‘मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइसकेका छैनन्। लोकतन्त्र सङ्कटमा छ। संविधान मिचिएको अवस्थामा छ। संविधान बाहिरको अनिर्वाचित सरकार छ। समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त छ। राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको छ।’

अध्यक्ष ओलीले समाजमा भ्रम र द्विविधाको अवस्थामा रहेको भन्दै यसलाई सम्बोधन गर्न संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबीच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी रहेको बताए।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर