Aamsanchar

बाइक र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु

Author Image
शनिवार, पौष २६, २०८२

डडेलधुरा – डडेलधुराको परशुराम नगरपालिकामा बाइक र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय नवीन साउद र जोगबुढास्थित ग्रीन भ्याली इङ्लिस बोर्डिङ स्कुलका ३५ वर्षीय शिक्षक मानबहादुर जाग्रीको मृत्यु भएको हो।

जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानी नजिक ट्याक्टर र मोटरसाइकल ठोकिएको थियो। जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से २ त ७४७४ नम्बरको ट्याक्टर र गाइबाधेबाट जोगबुढातर्फ आउँदै गरेको १ प ९९७३ नम्बरको मोटरसाइकल परशुराम–९ कुयापानी नजिक ठोकिएको स्थानीयको भनाइ छ।

दुर्घटनामा परेको ट्याक्टरमा सवार व्यक्तिहरू शुक्रबार महाकाली नदीमा डुबेर मृत्यु भएका परशुराम नगरपालिका–९ का इन्द्रबहादुर बोहराको अन्त्येष्टि सकेर घर फर्किँदै थिए। दुर्घटनापछि घटनास्थलमै स्थानीयवासी र सुरक्षाकर्मी पुगि जोगबुढा अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको हो।

Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर