Aamsanchar

समानुपातिकको बन्द सूचीबाट ५० जनाले आफ्नो नाम फिर्ता लिए

Author Image
सोमवार, पौष २८, २०८२

काठमाडौं‍ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूचीबाट ५० जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले सोमबार (पुस २८)का लागि समानुपातिकतर्फका उमेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने तालिका निर्धारण गरेको थियो । जसअनुसार सोमबार दिउँसो २ बजेसम्म ५० जना उमेदवारहरूले आफ्नो नाम फिर्ता लिनका लागि आयोगमा निवेदन दिएका हुन् ।

Views: 68

प्रतिक्रिया (०)