Aamsanchar

मन्त्रिपरिषद बैठकका ६ निर्णय

Author Image
सोमवार, पौष २८, २०८२

काठमाडौं – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि गोरखापत्र संस्थानको अध्यक्ष नियुक्न गर्नेसम्मका विभिन्न निर्णय गरेको छ।

बैठकपछि सरकारका प्रवक्ता संचार मन्त्री जगदिश खरेलले ६ वटा निर्णय सार्वजनिक गर्दै बाँकी नियमित प्रेस ब्रिफिङमा सार्वजनिक गरिने बताए।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय:

१। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५ सय ३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको छ।

२। वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/०८७ स्वीकृत गर्ने निर्णय भएको छ।

३। २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगोडाको अभि( अभिलेखालय पुनर्निर्माण र गङ्गा घाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।

४। मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।

५। गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने निर्णय भएको छ।

६। आगामी माघ ४ गते आइतबारको दिन बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने गरि संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर