Aamsanchar

बालेनको नाममा नक्कली पोस्टको बाढीः फेक स्क्रिनसटबाट जनमत भड्काउने प्रयास

Author Image
सोमवार, पौष २८, २०८२

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को नाम जोडेर सामाजिक सञ्जालमा विभिन्न भ्रामक पोस्टहरू फैलाइएको पुष्टि भएको छ। बालेनले लेखे भन्दै भाइरल बनाइएका ती पोस्टहरू वास्तविक नभई नक्कली स्क्रिनसट र फोटोसपजस्ता एप प्रयोग गरेर तयार गरिएको पाइएको छ।

सामाजिक सञ्जालमा देखिने ती पोस्टहरूमा बालेनको आधिकारिक फेसबुक वालमा गइ अर्कै विषयमा लेखिएको पोस्टको स्क्रिनसट लिएर त्यसमा अनावश्यक, आपत्तिजनक तथा असम्बन्धित शब्दहरू थपेर ‘बालेनको पोस्ट’ भन्दै सेयर गर्ने प्रवृत्ति बढ्दो देखिएको छ।

यस्ता भ्रामक पोस्टका कारण सञ्चारकर्मीहरू समेत अन्योलमा पर्ने गरेका छन्। कतिपय अवस्थामा फ्याक्ट चेक गर्दा बालेनको वालमा त्यस्तो कुनै पोस्ट नै नरहेको पुष्टि हुने गरेको छ।

जानकारहरूका अनुसार यस किसिमका गतिविधि योजनाबद्ध रूपमा बालेनलाई नकारात्मक रूपमा चित्रण गर्ने उद्देश्यले गरिएको हुन सक्ने आशंका गरिएको छ। सर्वसाधारणलाई भ्रामक सूचनाबाट प्रभावित पारेर गलत धारणा बनाउन खोजिएको उनीहरूको भनाइ छ।

यसैबीच, नागरिकहरूलाई सामाजिक सञ्जालमा देखिने यस्ता पोस्टहरूलाई आधार बनाएर तत्काल धारणा नबनाउन आग्रह गरिएको छ। वास्तविकता र भ्रामक प्रचार छुट्याउने समय नजिकिँदै गएको उल्लेख गर्दै सत्य के हो र असत्य के हो भन्ने छुट्याउन धैर्य र सचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

बालेन साहको आधिकारिक फेसबुक

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर