

काभ्रे – जिल्लाको खानिखोला गाउँपालिका–२ खानिडाँडामा भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरी चौकी श्यामपाटी, काभ्रेमा सञ्चार दरबन्दी भई हाल प्रहरी चौकी फलामेटार, काभ्रेमा कार्यरत प्रहरी हवल्दार रामकृष्ण खड्काको मृत्यु भएको डीएसपी रविन विष्टले जानकारी दिए। मृतक प्रहरी दोलखा शैलुङ गाउँपालिका-५ काटाकुटी घर भई काभ्रेमा कार्यरत थिए।

निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना प्रवाहका लागि खटिएको क्रममा भीरबाट अन्दाजी २५ मिटर तल सडकमा लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देविटार, महाभारतबाट प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा थप टोली पठाइएको डीएसपी विष्टले जानकारी दिए।
Views: 98

