

रौतहट – रौतहट प्रहरीले जिल्लाको परोहा नगरपालिकाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले परोहा नगरपालिका वडा नं. ७ स्थित बसिर चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बि आर ०५ बिएल ८८४६ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध भेटिएपछि २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्ने बाराको निजगढ नगरपालिका वडा नं.७ का शिखर बहादुर पुलामी मगर र भारतीय नागरिक नैतिक कुमार ९गोलु० भारत बिहार राज्य, पूर्वी चम्पारण जिल्ला घोडासहन वडा नं. ६ का रंजन कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्तहरूको साथबाट ट्रमोल–५० क्यापसुल जम्मा १ हजार २ सय ६० पिस ९१ सय २६ पत्ता , भारतीय नम्बर प्लेट बि आर ०५ बिएल ८८४६ को अपाचे मोटरसाइकल १ थान, नेपाली नगद ३६ हजार रुपैयाँ तथा विभिन्न कम्पनीका ३ थान मोबाइल सेट बरामद गरेर थप अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विष्णु प्रदीप बस्यालले जानकारी दिए ।


