Aamsanchar

नेपालले श्रीलङ्काले बराबरी खेले

Author Image
बुधवार, पौष ३०, २०८२

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा हिजो बेलुका भएको खेलमा नेपाल र श्रीलङ्काले २–२ गोलको बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् ।

नेपालका मनिषा थापामगर र विमला चौधरीले तथा श्रीलंकाका थर्मिका सिवानेश्वरन र थारिडी लियानेजले गोल गरे । नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेलेको हो ।

यस्तै पुरुषतर्फ नेपालले शुक्रवार श्रीलङ्कसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गरेको हो ।

यो च्याम्पियनसिपमा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलंका र आयोजक थाइल्यान्ड)बाट पुरुष र महिला टोली सहभागी छन् । लिग चरणको खेलपछि धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर