Aamsanchar

नेपाली भू–उपग्रह ‘मुनाल’ मा प्राविधिक समस्या

Author Image
बुधवार, पौष ३०, २०८२

काठमाण्डौ – नेपालले भारतको सहयोगमा प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनालमा प्राविधिक समस्या आएको छ । प्रक्षेपणकाक्रममा प्रारम्भिक चरण सफल भए पनि तेस्रो चरणमा समस्या आएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले जनाएको छ ।

नाष्टले निकालेको विज्ञप्तिअनुसार उडानका क्रममा विचलन आएको छ । नाष्टको पहल तथा व्यवस्थापन र भारत सरकारको सहयोगमा अस्ति सोमवार मुनालको प्रक्षेपण गरिएको थियो । भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको पहलमा श्रीहरिकोटको सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमवार बिहान साढे १० बजे मुनाल भूउपग्रह प्रक्षेपण भएको थियो ।

काठमाण्डौ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीले यो भूउपग्रह निर्माण गरेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भए पनि प्रक्षेपणको समय बल्ल मिलेको नाष्टका कार्यवाहक उपकुलपति डा.बुद्धराम शाहले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर