Aamsanchar

उड्न लागेकाे बुद्ध एयरको आपतकालिन ढोका एक यात्रुले खोलिदिएपछि….

Author Image
बुधवार, पौष ३०, २०८२

भैरहवा – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको विमानको आपतकालिन ढोका एक यात्रुले खोलिदिएपछि उडान प्रभावित भएको छ ।

बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको उडान नम्बर ८५२ (कल साइन ९ एन एएमडी) विमानमा सवार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का सुमन गौतमले आपतकालिन ढोका खोलेपछि उडान प्रभावित भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

‘उडान भर्नका लागि विमानको इन्जिन अन भइसकेको थियो । त्यही बेला आपतकालिन ढोका खोलिएको पाइलटलाई जानकारी भएपछि उडान रोकिन पुग्यो’,उनले  भने, कुनै क्षति भएको छैन ।’

आपतकालिन ढोका खोलेका गौतमलाई प्रहरीसमक्ष बुझाइएको उनले बताए । उनका अनुसार विमानको विस्तृत प्राविधिक परिक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली आउन लागेको र परिक्षणपश्चात विमानले उडान भर्नेछ । के कारणले विमानको आपतकालिन ढोका खोले भन्नेबारे खुलेको छैन।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर