

सुनसरी – आफ्नै मामाको छोरालाई खुकुरी प्रहार गरी हत्या गरेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–११ पूण्यमार्ग बस्ने ३५ वर्षीय रुपक राईलाई खुकुरी प्रहारी गरी हत्या गरेको आरोपमा ३३ वर्षीय रविन राई पक्राउ परेका हुन् ।
धरानस्थित इलालका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी)भिषणबाबु राईका अनुसार घटना मंगलबार विहान भएको थियो । रविनलाई भने घटना भएको करिब १२ घण्टा पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट नियन्त्रणमा लिइएको थियो ।

मृतक रुपककै घरमा रविन पनि बस्दै आएका थिए । के कारणले विवाद भएको र खुकुरी प्रहार गरि हत्या गरिएको हो त्यो भने खुल्न सकेको छैन । उनीहरूबीच यसअघि पनि पटक पटक झगडा हुँदै आएको प्रहरीले जनाएको छ । रविनको शवको पोस्टमार्टमका लागि वीपी प्रतिष्ठानको मर्चरी हाउसमा पुर्याइएको छ ।
Views: 100

