Aamsanchar

दाङस्थित तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

Author Image
बुधवार, पौष ३०, २०८२

तुलसीपुर –दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार, बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दंगीशरण गाउँपालिका–४, बैँबाङ निवासी २५ वर्षीय रोशन चौधरीको मृत्यु भएको हो ।

चौधरी गएको मंसिर २८ गते लागुऔषध ब्राउनसुगरसहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए । पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनीविरुद्ध मुद्दा चलिरहेको थियो । बिहान एक्कासि बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर