Aamsanchar

बालेनका लागि झापामा खोजियो सम्पर्क कार्यालय

Author Image
बिहिवार, माघ १, २०८२

झापा- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि एउटा घर खोजिएको छ ।

रास्वपा जिल्ला सभापति प्रकाश पाठकका अनुसार सम्पर्क कार्यालयका लागि एउटा घर छनोट गरिएको हो ।

‘दमक ३ मा घर फाइनल गरेको छ,’ उनले भने । उक्त घर ऐतिहासिक हुने पाठकले बताए । तर बालेनको टिमले भने हेर्न बाँकी छ ।

सम्पर्क कार्यालयसँगै बालेन बस्ने र सचिवालयका लागि अर्को घर पनि खोजी भइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न बालेन झापा आउन लागेका हुन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा बालेनले झापा ५ बाट चुनाव उठ्ने तयारीमा छन् ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर