Aamsanchar

सुनको मूल्य

Author Image
शुक्रवार, माघ २, २०८२

काठमाडौं-  नेपाली बजारमा शुक्रबार (माघ २) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार २०० रुपैयाँ कायम छ । बिहीबार (माघ १)छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ६४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर