

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनको लागि शुक्रबार निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ ।

यही माघ ६ गते प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन हुँदैछ। त्यसका लागि सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाउने भएको हो। आयोगका अनुसार आजदेखि १ ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउनेछ।
आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एकरएक वटा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइएको छ।

Views: 19


