Aamsanchar

आफ्नै घरको छतबाट खसेर ७२ वर्षीया बृद्धाको मृत्यु

Author Image
शनिवार, माघ ३, २०८२

बाजुरा – बाजुराको बडीमालिका नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । बडीमालिका–९, गैरीबजारकी ७२ वर्षीया कमला लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

शुक्रबार (माघ २)साँझ उनी आफ्नै घरको छतबाट खसेकी थिइन् । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन् ।

उनको शव परीक्षणका निम्ति सोही अस्पतालमा राखिएको छ ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर