

काठमाडौं- नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन गर्ने भएको हो।

भृकुटीमण्डपबाट सुरु भएको जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए। मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने बताइएको बताइएको छ।
एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याएको छ। बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको थालनी गर्न लागेको हो।

Views: 27


