

काठमाडौं – आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याटर विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। उनले ५६ बलमा ६ चौका प्रहार गरिन्। उनको यो टी(२० अन्तर्राष्ट्रियमा बनाएको यो नै सर्वाधिक रन हो। ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले पहिलो विकेटको लागि ५२ रनको अर्धशतकीय साझेदारी गरिन्।

पहिलो विकेटको रुपमा सम्झना खड्काको विकेट गयो । उनले ११ बलमा ६ चौकासहित २६ रन बनाइन्। दोस्रो विकेटको रुपमा अर्की ओपनर विन्दु रावलको विकेट गयो। तेस्रो विकेट पूजा महतोको गयो। उनले १७ बलमा १२ रन बनाइन्। इन्दु बर्मा ६ र कविता कुँवर २ रनमा रनआउट भइन्। छैटौं विकेटको रुपमा रुविना क्षेत्रीले ९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १७ रनमा स्टम्पिङ आउट भइन्। सीता राना मगर डकआउट भइन्। रिया शर्मा ४ र अन्तिम विकेटको रुपमा सुमन विष्ट डकआउट भइन्। काजल श्रेष्ठ २ रनमा अविजित रहिन्।
थाइल्यान्डका लागि सर्वाधिक थिपात्चा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्। ओनिचा काम्चोम्पुले २ चनिडा सुथिरुआङ,सुलीपोन लाओमी र सुनिन्दा चतुरोङ्ग्राताना १–१ विकेट लिइन्।


