

प्यूठान – बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-४ खवाङ निवासी ३२ वर्षीय रिमा गिरीको ज्यान गएको हो ।

घर नजिकै लु १ ख ८४७९ नम्बरको बसले ठक्कर दिँदा घाइते गिरीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो ।

गिरी अन्धनासक माध्यमिक विद्यालय लिघाकी शिक्षिका हुन् ।
Views: 60


