

काठमाडौै – साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ।

सुनको भाउ आज एकैदिन ४ हजार २०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि ऐतिहासिक विन्दुमा पुगेको छ। आज चाँदी तोलामा १८५ रुपैयाँले बढेसँगै रेकर्ड कायम गरेको हो।

सोमबार चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। उक्त मूल्य हालसम्मकै उच्च हो। आइतबार प्रतितोला चाँदी ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।


