

काठमाडौं- आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को टिकट मेटमणि चौधरीले पाएका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई टिकट दिएका हुन् ।

दाङ १ मा साविक एकीकृत समाजवादीका मेटमणि उम्मेदवार हुने कि साविक माओवादीका कुलप्रसाद केसी (सोनाम) भन्नेमा विवाद थियो ।
लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले आफूले टिकट नपाए बागी उम्मेदवार बन्ने बताएका थिए । यही विवादका बीच चौधरीले टिकट हात पार्न सफल भएका हुन् ।

दाङ क्षेत्र नम्बर १ बाट मेटमणि चौधरी यसअघि दुई पटकसम्म सांसद निर्वाचित भइसकेका छन् ।
नेकपाले दाङ क्षेत्र नम्बर २ मा निर्मल आचार्य र ३ मा धनबहादुर मास्कीलाई उम्मेदवार निश्चित गरेको छ ।
Views: 25


