Aamsanchar

माघ ७ देखि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

Author Image
मङ्गलवार, माघ ६, २०८२

झापा । झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । झापा उद्योग वाणिज्य संघको आयोजनामा भद्रपुर–८ स्थित मेची रंगशालामा माघ ७ देखि २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

उद्योग, व्यापार, कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवमा १३० स्टल रहनेछन्, जसमध्ये १२५ स्टल बुकिङ भइसकेका छन् । आयोजक संस्थाका महासचिव सुमन विमलीका अनुसार महोत्सवबाट १० करोडभन्दा बढी कारोबार र एक लाखभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा स्थानीय कृषि उत्पादन, उद्योगजन्य सामग्री, अटोमोबाइल, बैंक तथा वित्तीय सेवा, सूचना प्रविधिसहित सांगीतिक, सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि, सेल्फी जोन र बाल उद्यान आकर्षण रहनेछन् ।

आयोजकले महोत्सवले झापाको आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
शुक्रवार, माघ २, २०८२