Aamsanchar

घोषणापत्र तयारीमा कांग्रेस

Author Image
बुधवार, माघ ७, २०८२

काठमाडौँ – मनोनयन दर्ता भएसँगै नेपाली कांग्रेस घोषणापत्र तयारीमा जुटेको छ। देशव्यापी चुनावी प्रचारसँगै घोषणापत्रको तयारीका लागि आज काठमाडौँमा उपलब्ध नेताहरुसँग छलफल हुन लागेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनका अनुसार सभापति गगन थापाको समूह घोषणापत्रको तयारीमा छ। घोषणापत्र तयारीबारे थप विमर्श हुने चालिसेले बताए। यस्तै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाइएको छ।

निर्वाचन प्रचार प्रसारका रणनीति लगायत विषयमा पनि छलफल हुनेछ। १६५ वटै निर्वाचन क्षेत्रमा प्रभावकारी प्रचारप्रसार, कांग्रेसका नीति, योजना र कार्यक्रम जनतालाई बुझाउनेसहितका समग्र निर्वाचन अभियानबारे छलफल हुनेछ।

कांग्रेसको आधिकारिकता विवादमा तत्कालीन संस्थापन पक्षको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन हिजो अस्वीकार गरेसँगै विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्व निर्वाचनकेन्द्रित अभियानमा जुटेको हो ।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर