Aamsanchar

गर्न खोजेका केही कामहरू रोकिएपछि निर्वाचनमा होमिएँ : महावीर पुन

Author Image
बुधवार, माघ ७, २०८२

पर्वत- निवर्तमान शिक्षा मन्त्री तथा सामाजिक अभियन्ता महावीर पुनले आफूले गर्न खोजेका केही कामहरू रोकिएपछि निर्वाचनमा होमिएको बताएका छन्।

आफूलाई राजनीतिमा खासै चासो नभएको बताउँदै आएका उनले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदबाट राजीनामा बुझाएर म्याग्दी हानिएका थिए। सोझो शैलीमा बोलेर इमानदार र गैह्र राजनीतिक छविले सबैमाझ लोकप्रिय रहेका पुनले अकस्मात् उम्मेदवारी दर्ता गराएका थिए।

बुधबार बिहानै सामाजिक सञ्जालमा लेखेर उनले अध्यादेश र नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए आफू चुनावमा नलडेको हुने बताएका छन्। शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने आफ्ना कामहरू रोकिएको पुनको भनाइ छ। आफूले एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन खोजेको भए पनि मुख्य सचिवले अल्झाएका कारण आफूलाई रिस उठेको र त्यसैको झोकमा चुनाव लड्नका लागि म्याग्दीतिर दौडिएको बताएका छन्।

‘स्ट्याटस’ले शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउने आफ्नो दीर्घकालीन सपना उनले अघि सार्न खोजेको बुझ्न सकिन्छ। पुनले शिक्षा सुधार, अनुसन्धान, नवप्रवर्तन र प्रविधिको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न नसक्दा देश पछि परेको बताउँदै आएका छन्।

मङ्गलवार उम्मेदवारी दर्ता गराएसँगै बुधबार बिहानैदेखि आफू चुनाव प्रचारप्रसारका लागि मुना गाउँतर्फ जानका लागि उकालो लागेको पनि बताएका छन्।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर