Aamsanchar

विराटनगरमा गर्ने तयारी भएको नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन स्थगित

Author Image
बुधवार, माघ ७, २०८२

विराटनगर –  नेपाल आदिवासी जनजाति महासंघको यहि माघ ९ र १० गते विराटनगरमा गर्ने तयारी भएको ११ औ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ।

महाधिवेसनको तयारी पूरा भएको अवस्थामा प्रतिनिधिसभाको निर्वाचन आचारसंहिताका कारण महाधिवेशन रोक्नुपर्ने अवस्था आएको महासंघका महासचिव दिवस राईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यलय मोरङले छुट्टाछुट्टै पत्रचार महाधिवेशन स्थगन गर्न भनेपछि रोकिएको राईले बताए। चुनावपछि महाधिवेशनको अर्को मिति तय गरिने महासंघले जनाएको छ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर