Aamsanchar

कञ्चनबारीमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना वृद्धा महिलाको ज्यान गयो

Author Image
बुधवार, माघ ७, २०८२

रानी-  विराटनगरको कञ्चनबारीमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना वृद्धा महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख। ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ७५ वर्षीया डम्बरकुमारी नेपालको ज्यान गएको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्दै गरेका बेला ठक्कर दिएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएकी उहाँलाई उपचारका लागि कोशी अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले बस र चालक झापाको कनकाई नगरपालिका–३ का ३८ वर्षीय समीर लुइटेललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर