Aamsanchar

नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै

Author Image
बिहिवार, माघ ८, २०८२

काठमाडौं –  आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएकी हुन् ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ ।

आजको खेलमा नेपालले पहिलो खेलबाट कुनै परिवर्तन गरेको छैन ।

नेपालको प्लेइङ ११ मा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी रहेका छन् ।

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर