Aamsanchar

नेपालले १४१ रनको लक्ष्य पायो

Author Image
बिहिवार, माघ ८, २०८२

काठमाडौं – जारी आईसीसी महिला विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि नेदरल्यान्ड्सबाट १ सय ४१ रनको बलियो लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको हो।

बबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाउँदा रुविना क्षेत्रीको बलमा कट एण्ड बोल्ड भइन्। स्टेरे कालिसले ३० रन बनाउँदा रिया शर्माको बलमा बोल्ड आउट भइन्।

नेपालले दोस्रो ओभरमा नै नेदरल्यान्डस्को दुई विकेट लिदै दबाबमा राखेको छ। पहिलो ओभरमो चौथो बलमा ओपनर पेभे मोल्केबोइर शुन्य रनमा नै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट हुन पुगिन्।

दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पुजा महतोको बलमा रुविना क्षेत्रीको हातबाट क्याच आउट भइन्।

नेपालका लागि रुविना क्षेत्रीले २ विकेट लिइन्। सुमन विष्ट, पुजा महतो र रिया शर्माले समान एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर