Aamsanchar

देउमाईमा अटो रिक्सा दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु

Author Image
बिहिवार, माघ ८, २०८२

इलाम-इलामको देउमाईमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेल छन् ।

जितपुरबाट मंगलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारीनजिक आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए ।

गम्भीर घाइते भएका उनको अस्पताल पुर्‍याउने क्रममा बाटैमा मृत्यु भएको हो ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर