Aamsanchar

उखुको खुवा बनाउने मेसिनमा च्यापिएर १९ वर्षीय युवकको घटनास्थलमै मृत्यु

Author Image
बिहिवार, माघ ८, २०८२

सर्लाही –  सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धनकौल–४, महिनाथपुराक १९ वर्षीय चुनचुन रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।

शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता राईको भनाइ छ ।

Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर