Aamsanchar

भाषा माध्यमिक विद्यालयलाई डेस्क–बेन्च प्रदान

Author Image
शुक्रवार, माघ ९, २०८२

धनकुटा – वसन्त पञ्चमीको अवसरमा भाषा माध्यमिक विद्यालयलाई डेस्क–बेन्च प्रदान गरिएको छ।

गोर्खा वेलफेयर ट्रष्टले सदरमुकामको भाषा माविलाई ५० सेट डेस्क र बेन्च उपलब्ध गराएको हो।

तेह्रथुमको जिरिखिम्तीमा रहेको ट्रष्टले विद्यालयका लागि ३ लाख ६० हजार रुपैयाँको डेस्क र बेन्च उपलब्ध गराएको भाषा माविका प्रधानाध्यापक गोविन्द राईले जानकारी दिए । डेस्क, बेन्चका लागि विद्यालयले कुल लागतको १० प्रतिशत खर्च व्होरेको छ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले विद्यालयको भौतिक र शैक्षिक वातावरण सुधार्न सहयोग पुग्ने बताए। विद्यालयका प्रधानाध्यापक गोविन्द राईले पुराना डेस्क, बेन्चका कारण असुविधाका साथ पठनपाठन गर्नुपर्ने अवस्थाको अन्त्य भएको जनाए।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर