Aamsanchar

काठमाडौंबाट उड्न लागेको टर्किस एयरलाइन्सको जहाज आकस्मिक रोकेर पार्किङमा फर्काइयो

Author Image
आइतवार, माघ ११, २०८२

काठमाडौं – काठमाडौंबाट इस्तानबुल उडानका क्रममा रहेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वे फर्काइएको छ ।

टीके–७२७ उडान नम्बर रहेको सो जहाव काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।

उडानका लागि अनुमति पाएर धावनमार्गमा दौडिसमेत सकेको अवस्थामा इण्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नु परेको जानकारी आएको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

‘इन्डिकेशनमा समस्याको संकेत आएपछि दौडिसकेको जहाज आकस्मिक रोकेर फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँचपछि सो जहाज उडानमा फर्कन्छ ।’

Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर