

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका-२ बिहिबारे नजिकै सुमो गाडी दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ।

आइतबार साँझ चैनपुर-नुनढाकी खण्डको भित्र सडकमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए। चैनपुरबाट बिहीबारे तर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको बोलेरो दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्।
चैनपुर-१ मैदाने का ६१ वर्षिय पदम बहादुर लिम्बु र पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको हो। दुर्घटना चैनपुर-१ सिङरीङका ३४ वर्षीय निमादोर्जी शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीम बहादुर थुलुङ र पहिचान नखुलेका अर्का एक जना पुरुष गम्भीर घाइते भएका छन्। गम्भीर घाइते थुलुङलाई थप उपचारका लागि धरान पाइएको छ।

निमादोर्जीका छोरा करिब ९-१० वर्षिय पेम्बाा शेर्पा, फिदिम नगरपालिका-४ पाँचथरका २८ वर्षीय दिपेश माझी सामान्य घाइते भए। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको छ। गाडीमा ६ जना सवार थिए।


