

काठमाडौँ – पछिल्ला वर्षहरूमा विश्वभर थाइराइड क्यान्सरका रोगी बढ्दै गइरहेका छन् । धेरैजसो अवस्थामा यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ ।

समयमै थाहा पाइयो क्यान्सर निको हुने सम्भावना पनि निकै धेरै हुन्छ । तर समस्या यही हो कि यसको प्रारम्भिक लक्षणहरू प्रायः पीडारहित र हलुका हुन्छन्, जसले गर्दा मानिसहरू यी लक्षणलाई बेवास्ता गर्छन् र समयमै अस्पताल जाँदैनन् ।
किन महत्त्वपूर्ण छ थाइराइड ?

थाइराइड घाँटीको अगाडि रहेको पुतली आकारको सानो ग्रन्थि हो । यसले हाम्रो शरीरको मेटाबोलिजम, मुटुको धड्कन र शरीरको तापक्रम नियन्त्रण गर्ने काम गर्छ ।
थाइराइड क्यान्सरको समस्या यही हो कि सुरुआती चरणहरूमा यो पीडारहित हुन्छ, त्यसैले मानिसहरूले यसका लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन् ।
यी हुन् थाइराइड क्यान्सरका ७ प्रारम्भिक लक्षण
घाँटीमा पीडारहित गाँठो
यो सबैभन्दा सामान्य लक्षण हो । धेरै मानिसहरूले दाह्री काट्दा, मेकअप गर्दा वा गहना लगाउँदा घाँटीमा गाँठो महसुस गर्छन् । हरेक गाँठो क्यान्सर होइन । तर यस्तो गाँठो कडा भयो वा बढ्दै गयो भने डाक्टरलाई देखाउनुपर्छ ।
आवाजमा निरन्तर परिवर्तन
तपाईंको आवाज लामो समयसम्म भारी वा बसेको जस्तो सुनिन्छ, यसमा सुधार हुँदैन भने यो थाइराइडमा देखा परेको गाँठोले भोकल कर्डहरूमा थिचिरहेको सङ्केत हुन सक्छ ।
निल्दा दुख्नु
केही मानिसहरूलाई खाना वा पानी निल्दा घाँटीमा केही अड्किएको जस्तो वा दुखेको जस्तो महसुस हुन सक्छ । यो बढेको थाइराइडको कारण हुन सक्छ ।
सास फेर्न गाह्रो हुनु वा घाँटी अह्ररो हुनु
सुत्न वा गहिरो सास लिन गाह्रो हुनु भनेको थाइराइडको गाँठोले श्वासनलीमा थिचिरहेको सङ्केत हुन सक्छ ।
कानसम्म फैलिएको गर्धन वा घाँटीको दुखाइ
गर्धन वा घाँटीमा दुखाइ रहिरहन्छ र कुनै सङ्क्रमण वा चोट बिना दुखाई बढेर कानसम्म फैलिन्छ भने यसलाई हल्का रूपमा लिनु हुन्न ।
घाँटीको लिम्फ नोड्स सुन्निनु
घाँटीका लिम्फ नोड सुन्निएको छ । यो कडा हुनु तर पीडारहित छ । अनि सुन्निएको लामो समयसम्म ठीक भएको छै भने यो पनि थाइराइड क्यान्सरको सङ्केत हुन सक्छ ।
बिनाकारण लगातार खोकी
बिना कारण लामो समयसम्म सुक्खा खोकी लागेको छ भने यो थाइराइड क्यान्सरको लक्षण हुन सक्छ ।
माथि बताइएका मध्ये कुनै पनि लक्षण तपाईंमा हुनुको अर्थ थाइराइडको कयान्सर नै भएको छ भन्ने हुँदैन । तर यी लक्षणहरू लामो समयसम्म रहिरह्यो भने परीक्षण गराउनु जरुरी हुन्छ । प्रारम्भिक चरणमा हुँदै पत्ता लागेको छ भने थाइराइड क्यान्सरको उपचार गर्न सजिलो हुन्छ र बिरामीले पनि सामान्य जीवन बिताउन सक्छ । थोरै सतर्कता र डाक्टरसँग समयमै गरिने परामर्शलेस्वास्थ्य र जीवन दुवै बचाउन सकिन्छ ।


