

ताप्लेजुङ – आइतबार अनमोल ज्वेलर्सबाट हराएको १८ तोलाको चन्द्रहार र थप दुई तोला चाँदीसहित एक जना पक्राउ परेका छन् ।

फुङलिङ नगरपालिका २ घर भई वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा रहेको अनमोल ज्वेलर्समा साँझ ५ः३० बजे कोही नभएको समयमा चोरी भएको थियो ।
पसलमाचन्द्रहार नभएपछि सञ्चालकले तत्कालै प्रहरीमा खबर गरेका थिए । तत्कालै पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम नेतृत्वको टोलीले सिसिटिभी हेरेर अनुसन्धान सुरु गरेका थिए।

अनुसन्धानका क्रममा फुङलिङ नगरपालिका २ का २२ वर्षीय डेनिस गुरुङलाई चन्द्रहारसहित नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 41


