Aamsanchar

हत्या आरोपमा तीन जना वालक पक्राउ

Author Image
बुधवार, माघ १४, २०८२

जाजरकोट- सँगै घुम्न गएका बेला जिल्लाको जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या गरिएको आरोपमा तीन जना साथीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले हत्यामा संलग्न भएको आरोपमा विष्टका तीन जना साथीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका तीननै जनालाई जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

हत्यामा संलग्न भएको आरोप लागेका १४, १५ र १६ वर्षका बालक रहेकाले उनीहरूको नाम खुलाइएको छैन । शुक्रबारदेखि हराइरहेका विष्टका आफन्तले शनिबार जाहेरी गरेपछि प्रहरीले खोजी गर्दा गाउँकै जङ्गलमा शव फेला परेको थियो ।

उनीहरू श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन शुक्रबार गाउँमै रहेको पाथीभारा मन्दिरमा दर्शन गर्न गएका बेला झगडा गरेको र सोही ठाउँ हत्या गरिएको अनुसन्धानबाट फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर