Aamsanchar

फेरी ह्वात्तै बढ्यो सुनको भाउ

Author Image
बुधवार, माघ १४, २०८२

काठमाण्डौ– सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाका ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान बनाएको छ । चाँदी आज तोलामा ४ सय ३० रुपैयाँले बढेर तोलाको ७ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ६ हजार ८ सय ७० रुपैयाँ थियो ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर