Aamsanchar

नक्कलीनोटसहित भन्सारबाट दुई भारतीय पक्राउ

Author Image
बुधवार, माघ १४, २०८२

रौतहट –  रौतहटको सीमावर्ती क्षेत्रबाट नक्कली भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजना भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा नोटसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको सितामढी पर्सौनी बस्ने अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र जिल्ला सितामढी सिभवर परिषद–४ बस्ने अन्दाजी ३० वर्षीय विक्रम कुमार पासवान रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताएका थिए।

उनीहरूले प्रयोग गरेको विआर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । उनीहरूको साथबाट भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने नोट ,५०० दरको १ थान र २०० दरको १० थान नोट रहेका छन्। उनीहरूको साथबाट सक्कली भारु १७७ रुपैयाँ,मोटरसाइकल र दुई थान एन्ड्रोइड मोबाइल समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर