

काठमाडौं – भारत नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ ।

काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ९स्५० मा अवतरण गर्नुपर्ने जहाज बनारस डाइभर्ट गर्नुपरेको हो । आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कमजोर थियो ।

अहिले भने उडानरअवतरण सामान्य छ । तर, उडान चाप भने छ । एयर इन्डियाको डाइभर्ट भएको जहाज समेत अहिले काठमाडौं अवतरणका लागि आइरहेको छ ।
Views: 19


