Aamsanchar

टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार

Author Image
बुधवार, माघ १४, २०८२

काठमाडौं –  आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ औं स्थानबाट ४५ औं स्थानमा ओर्लिएका हुन्।

गुल्सन झा ५१ औं, कुशल मल्ल ८९औं र करण केसी ९९औं स्थानमा यथावत छन्।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर