

काठमाडौं – काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ बितौरी पोखरीस्थित हिगुवापाटी चन्देनी सडकखण्डमा विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी भ्यान चालक २४ वर्षीया दीपिका ढकाल घाइते भएकी छन् । भ्यानमा सवार ५ जना विद्यार्थी भने सकुशल रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
नवप्रतिभा इंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बा १ ज ८६७२ नम्बरको भ्यान अचानक ब्रेक फेल भई दुर्घटना भएको थियो ।

भ्यान दुर्घटना हुँदा चालक ढकाल च्यापिएर घाइते भएकी हुन् । उनको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
Views: 47


