

नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा बाबु-छोराबीचको झगडा रोक्न खोज्दा एक जनाको ज्यान गएको छ ।

दुप्चेश्वर-१ स्थित घ्यावरचौरका ३५ वर्षिय रणबहादुर तामाङको मंगलबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तामाङ छिमेकी ५२ वर्षिय वाङ्दी शेर्पाको घरमा बिरामीको झारफुक गर्न गएका थिए । त्यही समयमा वाङ्दी र उनका २५ वर्षका छोरा कुन्साङ ग्याल्जेनबीच आपसी झगडा भएको थियो । झगडा रोक्न खोज्दा झाँक्री तामाङको ज्यान गएको छ ।

घटना लगत्तै प्रहरी निरीक्षक लोकराज पाठकको नेतृत्वमा इलाका प्रहरी कार्यालय खरानीटार र समुन्द्रटारबाट खटिएको प्रहरी टोलीले बाबु-छोरा दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा रहेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 68


