

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका( १६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो। दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् ।
दमौलीस्थित प्रदेश अस्पतालमा मगरको उपचार भइरहेको छ। उनीहरू पोखराबाट दमौली आइरहेका थिए।

Views: 291


