
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन्।

काठमाडौंमा बिहीवार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरू कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै कांग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गरे। उनले सबै कुराको आत्मालोचना गरेर कांग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताए।

उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको बताए। उनले अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको बताए। उनले निर्वाचनमा हारजित कुनै नौलो कुरा भएको बताए।
उपसभापति शर्माले कांग्रेस अब देश परिवर्तनका निम्ति आत्मालोचनासहित अघि बढिरहेको बताए।



