

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज निधन भएको घोषणा गरेको हो । बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते सिटौला अछाम पुगेका थिए ।

अस्पतालका एक चिकित्सकका अनुसार, एक्कासि बेहोस भएका उनी लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचारका निम्ति काठमाडौं ल्याइएको थियो । ब्रेन ह्यामेरेजका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।
नुवाकोटका ४३ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन्। अस्पतालले एक विज्ञप्तिमार्फत आइतबार १२ः४५ मा मृत्यु भएको पुष्टि गरेको छ ।

Views: 296


