Aamsanchar

इरानमा रहेका नेपालीहरूलाई तत्काल देश छोड्न आग्रह

Author Image
आइतवार, माघ १८, २०८२

काठमाडौं – सरकारले इरानमा यात्रा नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एड्भाइजरी जारी गर्दै इरानमा यात्रा नगर्न आग्रह गरेको हो। त्यस्तै इरानमा रहेका नेपालीहरूलाई तत्काल देश छोड्न आग्रह गरिएको छ।

इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले उक्त आग्रह गरेको हो। अवस्था सामान्य नहुँदासम्म इरान जाने सबै योजना स्थगित गर्नसमेत अनुरोध गरिएको एड्भाइजरीमा उल्लेख छ।

त्यस्तै हालः इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकलाई उपलब्ध सबै माध्यम प्रयोग गरी सकेसम्म चाँडो सुरक्षित रूपमा देश छोड्न सरकारले आग्रह गरेको छ। त्यहाँ रहेका नेपाली नागरिकलाई आपतकालीन अवस्थामा सहज रूपमा बाहिरिनका लागि राहदानी, परिचयपत्रलगायत आवश्यक यात्रा कागजात तयारी अवस्थामा राख्न समेत अनुरोध गरिएको छ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले २०२६ जनवरी १३ मा जारी गरेको ट्राभल एडभाइजरीलाई पनि ध्यान दिन आग्रह गरिएको छ। समन्वय तथा थप जानकारीका लागि काठमाडौंस्थित परराष्ट्र मन्त्रालय तथा दोहास्थित नेपाली दूतावाससँग सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर