Aamsanchar

यूएईकाे कारागारमा रहेका २६७ जना नेपालीले आममाफी पाए

Author Image
आइतवार, माघ १८, २०८२

काठमाडौँ – नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ । यूएई सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई माफी दिएको हो ।

नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीचको सम्बन्ध, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको सराहना गरेको छ ।

उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक-पटकको अनुरोधको प्रत्युत्तरस्वरूप यूएई सरकारले उक्त निर्णय गरेको बताइएको छ ।

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा त्यहाँकोा प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर