Aamsanchar

नेपालले आज टी–२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेल खेल्दै

Author Image
मङ्गलवार, माघ २०, २०८२

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेल खेल्दैछ।

नेपालले आज युएईविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्दैछ। खेल साँझ सवा ५ बजेदेखि शुरु हुने छ।

यसपछि नेपालले अर्को वार्मअप खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ। यो खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ।

नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ।

आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ।

नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्।

नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ।

नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर