बिर्तामोड । मेचीनगर धुलाबारीस्थित होटल मेची क्राउनमा बसेका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–८ मा रहेको होटल मेची क्राउनमा बस्दै आएका भारत पश्चिम बंगालको उत्तर दिनाजपुरका ५६ वर्षीय माफिजुद्धिन सरकार मंगलबार बिहान अचानक अस्वस्थ भएका थिए। उनी श्रीमती ४६ वर्षीया डिलोरा बीबीसँग होटलमा बसिरहेका थिए।

स्वास्थ्य अवस्था बिग्रिएपछि श्रीमतीले बिहान करिब ११ बजे उनलाई धुलाबारीस्थित शिखर अस्पतालमा उपचारका लागि पुर्याएकी थिइन्। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Views: 163


